सहारा दैनिक

spot_img
Homeदेशमधेशभेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास हुँदैन–अध्यक्ष यादव

भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास हुँदैन–अध्यक्ष यादव

जनकपुरधाम, ३२ जेठ (रासस)
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताउनुभएको छ ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपश्चात आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले देशमा रहेका सबै प्रकारका विभेद अन्त्यका लागि आफ्नो पार्टी निरन्तर आन्दोलनमा रहने बताउनुभयो ।
उहाँले पार्टीको महाधिवेशन राज्यमा सबैको पहुँच, समान व्यवहार तथा अधिकार स्थापित गर्न र मुलुकलाई थप समावेशी बनाउन महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो ।
“शोषित, पीडित तथा पिछडिएका समुदायको सहयोगमा हाम्रो पार्टी अहिलेसम्म विभिन्न दबाबलाई चिर्न सफल भएको छ । यस महाधिवेशनबाट पार्टीलाई थप सशक्त, जागरुक तथा बलियो बनाएको छ । यहाँहरूको साथले हामी थप सफलता हासिल गर्दै जाने विश्वास जागेको छ”, उहाँको भनाइ थियो ।
जनकपुरमा सम्पन्न एकता महाधिवेशन अत्यन्त सफल भएको उल्लेख गर्दै उहाँले महाधिवेशन असफल बनाउन केही शक्तिले पार्टी फुटाएको तर त्यसबाट केही फरक नपरेको उहाँले जिकीर गर्नुभयो ।
“यसलाई पार्टी फुट्नुभन्दा पनि केही व्यक्ति चोइटिएर गएको भनेर बुझ्न आवश्यक छ, त्यस्ता व्यक्ति जनताको हितमा कामगर्न नसक्ने र पदको लोभमा जीवन बिताउन बाध्य हुनेछन्”, उहाँको आरोप लगाउनुभयो । अध्यक्ष यादवले महाधिवेशनले दिएको जिम्मेवारीअनुसार चाँडै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेसमेत बताउनुभयो ।
पार्टी महाधिवेशनमा मुलुकका विभिन्न भागबाट तथा भारतलगायत विभिन्न मुलुकबाट पर्यवेक्षक तथा पार्टी नेता एवम् प्रतिनिधिसहित तीन हजारभन्दा बढीको सहभागिता रहेको त्यसअवसरमा जानकारी दिइयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -