गण्डकी, ३२ जेठ (रासस)
गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पदमुक्त हुनुभएको छ ।
गण्डकी प्रदेशसभाको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराउनुभएको हो ।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनाव चिहृनबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी बन्नुभएको थियो ।
उहाँले माओवादी केन्द्र संसदीय दलको हृवीप उल्लंघन गर्दै यही जेठ २८ गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएको थियो । हृवीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्र उहाँलाई कारबाही गरी सभामुखलाई पत्र दिएको थियो ।
विश्वासको मत पाएको भोलिपल्ट नै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जामन्क्री नियुत्त गर्नुभएको थियो ।
Facebook Comments Box