सहारा दैनिक

spot_img
Homeअपराधअज्ञात समुहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहाको मृत्यु, दुई पक्राउ

अज्ञात समुहको गोली प्रहारबाट क्याम्पस प्रमुख कुशवाहाको मृत्यु, दुई पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३२ जेठ ।
बारा जिल्ला आदर्शकोतवाल गाउपालिकामा एक जना क्याम्पस प्रमुखको गोली प्रहारबाट मृत्यु भएको छ ।
रामराजा मोहन विक्रम क्याम्पस कलैयाका प्रमुख अन्दाजी ५० वर्षीय हरीभुष्ण कुशवाहाको अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको हो ।
शुक्रवार आफ्नो घर आदर्शकोतवाल गापा वडा नं. ३ स्थित खजुरिया पुगेर कलैया क्याम्पस तर्फ फर्किने क्रममा बेलुकी साढे ५ बजे बाटोमा दुई मोटरसाइकलमा आएका चार जनाले घेरा हालेर कुशवाहा उपर गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट गम्भिर घाइते कुशवाहालाई तत्कालै उपचारको मेडासिटि बयोध्या अस्पताल वीरगंजमा पुर्‍याइएको थियो ।
उपचारको क्रममा कुशवाहाको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ दधिराम न्यौपानेले घट्ना बारे गहन अनुसन्धान भइ रहेको र हाल शंकाको आधारमा दुई जनालाई नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -