सहारा दैनिक

spot_img
Homeअपराधलागु औषध खैरो हिरोईन सहित भारतीय नागरिक पक्राउ

लागु औषध खैरो हिरोईन सहित भारतीय नागरिक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ जेठ ।
पर्सा प्रहरीले लागु औषध खैरो हिरोईन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०२ ग्राम सहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले बिहिवार वीरगंज महानगरपालिका वडा नं.१५ बसपार्क स्थित सडकखण्डमा द्यच्ण्छब्थ्ज्ञघद्धट नम्बरको त्ब्त्ब् त्ष्बनय चार पाङग्रे गाडीलाई रोकेर जाँच गर्ने क्रममा उक्त गाडीको चालक छेउको सिट कभरको खल्तीमा लुकाइ छिपाई रारिएको सेतो प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०२ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
लागु औषध फेला परे पछि गाडी सहित भारत बिहार राज्य मोतिहारी जिल्ला पोष्ट अदापुर ग्राम निवासी ३० वर्षीय मोहमद नेजामुदिन सिद्दकीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -