राष्ट्रिय समाचार समिति (रासस)
जलेश्वर (महोत्तरी), २६ जेठ : सांसद एवं पूर्वमन्त्री प्रभु साहले मधेस प्रदेशका विद्यालयमा विद्यार्थीको अनुपात अनुसार शिक्षकको व्यवस्थापन हुनुपर्ने माग गर्नुभएको छ ।
जिल्ला सदरमुकाम जलेश्वरमा आज आयोजित आमजनता पार्टीको जिल्ला भेलामा सांसद साहले मधेस प्रदेशको शिक्षास्तर निक्कै कमजोर भइसकेकाले राज्यको मूलधारको शिक्षामा ल्याउन विद्यार्थी अनुपात अनुसार शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सरकारले मधेसको शिक्षालाई सशक्त र प्रभावकारी बनाउन पहल नगरेको भन्दै यसले तराई मधेसका बालबालिकाको भविष्य अन्धकारमय हुने खतरा बढेको उहाँले बताउनुभयो ।
सांसद साहले राज्यले सधैँ मधेस र मधेसीमाथि विभेद्कारी नजर राखेको आरोप लगाउँदै मौलिक अधिकारको रुपमा रहेको शिक्षालाई सबैको पहुँचमा पु¥याउन खबरदारी गर्नुभयो । उहाँले शिक्षामा तराई मधेसका जनताले समान अवसर र स्थान पाउनुपर्नेमा जोड दिनुभयो ।
Facebook Comments Box