सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ जेठ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरेपनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएकी छिन ।
राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले त्यस्तो बताइकी हुन ।
मन्त्री चौधरीले कानूनले सम्पत्तिमाथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भएपनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन सकेको छैन भन्दै तल–तल त्यसको विषयमा जानकारी नै छैन भनिन ।
आफ्नै दाजुभाइसंग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाहरूले सम्पत्तिमाथि दाबी नै गर्ने गरेका छैनन् । जबकि यो हामी सबैको समान अधिकार हो । होइन बेकारमा परिवारमा किन द्वन्द्व सिर्जना गर्ने भनेर महिलाहरू पछाडि सर्ने गरेको पाइन्छ भनिन ।
यी कुराहरूको एड्भोकेसी गर्न जरुरी भएको बताउदै उनले महिलाको अधिकारका लागि एकजुट हुन आवश्यक रहेको बताइन ।
३८/३९ वटा महिला अधिकारसंग सम्बन्धित ऐन, कानून रहेको भन्दै मन्त्री चौधरीले संविधान संगसंगै फौजदारी संहिता नेपाल संहिता ऐनभित्र पनि धेरै वटा कानूनहरू आएको बताइन ।
धेरै कानूनहरू कार्यान्वयन भएको अवस्था नरहेको बताउदै उनले महिला अधिकारलाई सुनिश्चितता गराउनका निम्ति अझै मेहनत गर्न आवश्यक रहेको बताउदै सबैको बजेट बढ्दै गयो तर महिला मन्त्रालयको बजेटको सिंहावलोकनहरू झन् घट्दै गयो भनिन ।
मन्त्री चौधरीले पितृसत्तात्मक सोचलाई चिर्न आवश्यक रहेको भन्दै मन्त्रीको रूपमा मैले पनि सकेन र स्वयं राष्ट्रिय योजना आयोगमा रहनुभएका माननीय संगीताज्यूले पनि सक्नुभएन बताइन ।
मन्त्री चौधरीले हामीसंग अहिले ७५३ वटै पालिकाहरू छन् । महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभियो । तर अहिले महिला मन्त्रालयको तल संरचना नहुंदा काम गर्न अप्ठ्यारो परिरहेको छ । त्यो सेवाग्राही स्वयंले पनि महसुस गरिरहनुभएको बताइन ।
अहिलेसम्म निर्माण भएका ऐन, कानूनको कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै आगामी योजनासहित अगाडि बढ्नुपर्ने भन्दै उनले अहिले बालविवाहको अवस्था विकराल बन्दै गएको छ, यसको न्यूनीकरणका निम्ति पनि अभियान सञ्चालन गर्न आवश्यक रहेको बताइन ।
अहिले पनि बालविवाहको अवस्था विकराल बन्दै छ । यसलाई नियन्त्रण गर्न आवश्यक छ भन्दै मन्त्री चौधरीले अप्ठ्यारोमा परेका, हिंसामा परेका महिलाहरूका निम्ति राज्यले नै उनीहरूको सुरक्षा गर्न सेल्टर हाउसहरू बनाउन आवश्यक रहेको बताइन ।
महिला दिवस मनाउनुको औचित्यता रहेको भन्दै उनले यी कुरालाई सबैले आत्मसाथ गर्न आवश्यक रहेको बताउदै मन्त्री चौधरीले तीन तहको निर्वाचन हुन्छ । यी सबै प्रतिस्पर्धाहरू हेर्दाखेरि साच्चिकै महिलाको सबै कुराहरू आयो त ? विषयहरू आयो त भनेर हेर्दा महिलाको छुट्टै आन्दोलन आवश्यक छ कि भन्ने पनि लाग्छ भनिन ।
पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार बारे जानकारी नै हुन सकेन–मन्त्री चौधरी
Facebook Comments Box