सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ जेठ ।
नेपाल पत्रकार महासंघको सदस्यता वितरण/नविकरणमा मनोपोली गरेको भन्दै पर्सा शाखामा तालाबन्दी गरिएको छ ।
समाजवादी प्रेस संगठन पर्साले सोमवार नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा तालबन्दी गरेको हो ।
संगठनले जालझेल र नियतबस नेपाल पक्रकार महासंघको सदस्यता सुचीबाट केहि त्रियाशिल पत्रकारलाई हटाइएको एवं सम्पूर्ण मापदण्ड पुरा गरे पनि केहिलाई सदस्यता नदिएको कार्य प्रति घोर आपती जनाएको छ ।
महासंघ केन्द्रले जारी गरेको सदस्यता सूची नसच्याउन्जेल सम्म महासंघ पर्सा शाखामा तालाबन्दी कायम रहने संगठनका पर्सा अध्यक्ष सम्भु सुमनले बताए ।
नेपाल पत्रकार महासंघको यही जेठ २६ गते निर्वाचन मिति तोकिएको छ । केन्द्र र प्रदेशले सदस्यता वितरण एवं नविकरणमा एकलौटी गरेको र जिल्लाको निर्णयलाई अवमुल्यन गरेको भन्दै अधिकांश जिल्लामा विवाद रहेको छ भने महासंघको केन्द्रीय कार्यालयमा समेत समाजवादी प्रेस संगठनले तालाबन्दी गरेको छ ।
प्रेस युनियन पनि पत्रकारहरुलाई बाहिर राखेर निर्वाचन हुन नसक्ने भन्दै वर्तमान महासंघको नेतृत्वले गरेको निर्णयलाई अस्वीकार गरेको छ ।
पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी
Facebook Comments Box