सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ जेठ ।
भन्सार छली अवैध रुपले भित्रियाइएको २६ लाख मुल्य बराबरको औषधी, कपडा तथा मोबाइलका पार्टसहरू प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित इदगाह चोकबाट अवैध औषधी, कपडा तथा मोबाइलका पार्टसहरू प्रहरीले बरामद गरेको हो ।
प्रहरी टोलीले २६ लाख ८ हजार ४ सय ९० मुल्य बराबरको औषधी, कपडा तथा मोबाइलका पार्टसहरू बरामद गरी आवस्यक कारवाहीको लागी आइतवार वीरगंज भन्सार कार्यालयमा बुझाएको जिप्रका पर्सा प्रवक्ता प्रनाउ केशर कुमार न्यौपानेले जानकारी दिनु भयो ।
Facebook Comments Box