सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ जेठ ।
सशस्त्र प्रहरी पर्साले लाखौं मुल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बि.ओ.पि.सिर्सियाबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. २ भकुवाबाट लाखौं मुल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।
बि.ओ.पि.सिर्सियाबाट खटिएको टोलीले भारतबाट अबैधरुपमा टाउकोमा बोकेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रु.७ लाख ६८ हजार ८ सय ५० मुल्य बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
बरामद गरेको कपडाहरु आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
Facebook Comments Box