सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० जेठ ।
चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले विभिन्न व्यक्तीलाई सम्मान गरिएको छ ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले हेटौंडामा आयोजना गरेको कार्यक्रममा “नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१” बाट पत्रकार गीता अधिकारीलाई पुरस्कृत गरिएको छ ।
चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएको “नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१” बाट दुई दशकदेखि चलचित्र पक्रकारिता क्षेत्रमा सत्रिय संघको पूर्वकेन्द्रीय उपाध्यक्ष तथा गीतकारसमेत रहनुभएकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरतलाई सम्मान गरिएको हो ।
सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान गरिएको छ । मकवानपुरमा रहेर अधिकारी लामो समयदेखि छापा तथा टेलिभिजन पक्रकारितामा सत्रिय हुनुहुन्छ । हेटौंडाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गरिरहुनभएका अधिकारी चलचित्र पत्रकार संघ मकवानपुर शाखाका संस्थापक सहसचिवसमेत हुनुहुन्छ ।
त्यस्तै संघले प्रदान गर्ने कलाकर्मी सम्मान २०८१ गायक तथा कलाकार कोशिस क्षेत्री र कलाकार ध्रुव न्यौपानेलाई प्रदान गरिएको छ । मकवानपुरमा जन्मिएर जिल्लाको नाम राख्दै राष्ट्रिय स्तरको कलाक्षेक्रमा सत्रिय रहेकाहरूलाई यस विधामा सम्मान गर्दै आइरहेको संघका अध्यक्ष कपिल खड्काले जानकारी दिनु भयो ।
सो अवसरमा चलचित्र पत्रकार संघ नेपालको हेटौंडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पक्रकारिता कार्यशाला कार्यत्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
संघका अध्यक्ष खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियां प्रमुख आतिथि रहनु भएको थियो ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, हेटौंडा वडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा–६ का अध्यक्ष विष्णुबहादुर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनील खड्का, वानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईं, महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, कलाकार सुशान्तकुमार श्रेष्ठ, संघका महिला विभाग संयोजक दीपज्योति थापा, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा, संघका उफाध्यक्ष श्रीराम अर्जुनलगायतले मन्तव्य व्यक्त गरेको थिए ।
कार्यत्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं, एनएस सिनेमाका सञ्चालक नवराज आचार्य, ओम्याक्स सिनेमा सञ्चालक राम राजभण्डारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको अतिथ्यता रहेको थियो ।
Facebook Comments Box