सहारा दैनिक

spot_img
Homeदेशमधेशबुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजन

बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० जेठ ।
२५६८ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शान्तिका अग्रदूत बुद्ध (सिद्धार्थ गौतम) को जन्मजयन्तीका अवसरमा वीरगंजमा विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
वीरगंज बौद्ध समितिले बुद्ध जयन्तीको अवसरमा बिहिवार बिहान झाकी सहित शान्ति पदयात्रा आयोजना गरेको छ ।
बौद्ध समितिद्वारा माईस्थान चोकबाट निकालिएको शान्ति पदयात्रा नगरको परिक्रमा गरी वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा डांडा स्थित बौद्ध बिहार परिसरमा पुगेर समापन गरेको थियो ।


शान्ति पद यात्रामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री प्रदेश सभा सदस्य लालबाबु राउत, मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्य, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतको सहभागीता रहेको थियो ।
बुद्ध जयन्ती कै अवसरमा प्रसौनी मानन्धर गुठि प्रसौनी बाराले खिर वितरण कार्यक्रम गरेको छ ।
गुठिका अध्यक्ष अनिल मानन्धरको नेतृत्वमा भिष्वा डांडा स्थित बौद्ध बिहार परिसरमा आयोजित खिर वितरण कार्यक्रममा मानन्धर गुठिका रमेश मानन्धर, गणेशमान श्रेष्ठ लगायतका सहभागिता रहेको थियो ।
भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -