१० जेठ, वीरगञ्ज । शान्तिका अग्रदूतका रुपमा परिचित भगवान गौतम बुद्धको २५६८ औं जन्म ज्यन्तीको अवसरमा आज वीरगन्जमा शान्ति र्याली निकालिएको छ ।
भिस्वा बौद्ध समिति र टाँसी थर्वालिङ्ग गुम्बाको आयोजनामा वीरगन्जको माईस्थानदेखि वडा नम्बर १५ स्थित भिस्वा डाडासम्म र्याली निकालिएको हो ।
गौतम मावि, नवोदीप एकेडेमी, एञ्जल स्कुल लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा निकालिएको र्यालीमा नेवार र तामाङ समुदायका भेषभूषा र झाँकी प्रदर्शन गरिएको थियो । र्यालीले माईस्थान, घण्टाघर, लिंकरोड, बसपार्क परिक्रमा गर्दै भिस्वा पुगेको थियो । र्यालीमा सहभागीहरु त्यहाँ पुगेर पूजापाठ छन् ।
र्यालीमा बौद्ध सेवा समितिका अध्यक्ष तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शशी कुमार, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो ।
टाँसी थर्वालिङ्ग गुम्बामा भने लामाहरूद्वारा पूजापाठ गरिएको गुम्बाका अध्यक्ष राम बहादुर लामाले जानकारी दिए ।
Facebook Comments Box