सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ जेठ ।
पर्सा सुनचाँदी व्यवसायी संघका एक पक्ष पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय पर्साको आदेशलाई चुनौति दिएको छ ।
संघका पदाधिकारी सहित सदस्यहरुलाई पाखा लगाएर एकलौटि रुपमा विधान विपरित अध्यक्ष भुलन सर्राफले आफ्नो कार्यकाल थप गरेको सम्बन्धमा विवाद एका तिर रहेको छ भने जिल्ला प्रशसन कार्यालय पर्साले अधिवेशन गर्न दिएको निर्देशनलाई चुनौति दिंदै सुचना जारी गरेको बुझिन आएको छ ।
कार्यकाल अवधिभर ३ वर्षको लेखा परिक्षण समेत नगराएका अध्यक्ष सर्राफले कार्यकाल समाप्त भए पछि एकलौटि रुपले कार्यकाल थपेको सम्बन्धमा पदाधिकारी सहित कार्य समिति सदस्यहरुले दिएको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले गत बैशाख २० गते साधारणसभा तथा अधिवेशन गरी संस्थागत सुशासन कायम गर्ने सम्बन्धमा पत्राचार गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको मिति २०८० चैत १६ गतेको पत्रबाट कुनै संस्थाले कानुन बमोजिम गर्नु पर्ने कार्य नगरेको वा प्रचलित कानुन विपरित कार्य गरेको भएमा तत्काल अनुगमन गरी प्रचलित कानुन बमोजिम गर्ने, कानुन बमोजिम गर्नु पर्ने कार्य, कानुनले तोकेको समय भित्रै सम्पन्न गरी आन्तरिक सुशासन कायम गर्ने भनि निर्देशन प्राप्त भएको हुंदा तहां संघ भित्र अनियमितत भएको भनी प्राप्त उजुरी समेतलाई ध्यान दिइ संघको सबै सदस्यलाई जानकारी गराउने र एक महिना भित्र अनिर्वाय रुपमा लेखा परिक्षण सम्पन्न गरी साधारणसभा तथा अधिवेशन समेत गरी जानकारी गराउन पर्सा सुनचाँदि व्यवसायी संघलाई पत्राचार गरेको थियो ।
तर अध्यक्ष सर्राफले त्यसो नगरी गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयको आदेशलाई चुनौति दिंदै विधान विपरित कार्यकाल एक वर्ष थप्ने गरेको निर्णय कार्यान्वयन गर्ने भनि सुचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा संघका पदाधिकारी सहित सदस्यहरुले दिएको उजुरीमा संघको विधान अनुरुप लेखा परिक्षण, साधारणसभा एवं अधिवेशन गराउन माग गर्दै निवेदन दिएका छन ।
संघको विधान अनुसार प्रत्येक वर्ष आर्थिक बर्षको १५ दिन अघि नै मिति र स्थान तोकी सूचना निकालेर साधारण सभा गर्नुपर्ने र हरहिसाव पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । कार्यकाल ३ वर्षको रहने व्यवस्था छ भने कुनै किसिमका महामारी, बन्द हड्ताल र विपत्ति परे वा अन्य विशेष परिस्थितीमा मात्र कार्यसमितिबाट सर्वसम्मतले केहि समयको लागी कार्यकाल थप्न सकिने व्यवस्था भए पनि अध्यक्ष सर्राफले आफ्नो मनोपोली तथा भ्रष्टाचार गर्न विपत्ति नपरे पनि कार्यकाल थप गरेको आरोप निवेदक पक्षले लगाएको छ ।
त्यसै गरी अध्यक्ष सर्राफले महासंघको महाधिवेशनका लागी प्रतिनिधि छनौटमा पनि विधान सम्मत छनौट गर्नु पर्ने कार्यसमितिका निर्वाचीत उपाध्यक्ष, सचिव, सदस्य मात्रै नभई संघका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्यहरुलाई समेत पाखा लगाएर मापदण्ड नपुगेकाहरुलाई प्रतिनिधि छनौट गरेको पनि उनी उपर आरोप लगाइएको छ ।
सुनचाँदि व्यवसायी संघका अध्यक्षले दिए गृह प्रशासनलाई चुनौती
Facebook Comments Box