सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ जेठ ।
पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएका प्रहरी टोलीले कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसूर) मुद्दामा संलग्न रही फरार रहेका पर्सा जिल्ला सखुवा प्रसौनी गा.पा.वडा नं. ६ एकडरवाको ५० वर्षीय बिनोद भन्ने विनय प्रसाद यादवलाई पक्राउ गरेको हो ।
यादव समेतले २०६३ साउन १२ गते पर्सा जिल्ला साविक गा.वि.स. लखनपुर वडा नं. ९ हाल परिवर्तित सखुवा प्रसौनी गा.पा.वडा नं.६ एकडर्वा स्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेको घट्नामा संलग्न रही फरार रहेकाले खोज तलासको क्रममा लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घर ठेगानाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box