सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ जेठ ।
प्रहरीको नियमित चेकिङ टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
चेकिङ टोलीले बा.प्र.०३–०२–प ९४५० नम्बरको स्कुटीलाई रोकेर जाँच गर्ने क्रममा स्कुटीको सिटमुनी लुकाइ छिपाई प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १५१ ग्राम र अफिम जस्तो देखिने पदार्थ १५४ ग्राम फेला परेको जिप्रका पर्साले जनाएको छ ।
लागु औषध फेला परे पछि स्कुटी सहित मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा नं.३ बस्ने २९ वर्षीय समुन्द्र साह र २४ वर्षीय अमिर वानियालाई नियन्त्रणमा लिई निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box