सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ जेठ ।
विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न रही २५ वर्ष देखि फरार अपराधीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न रही हाल फरार रहेका पर्सा जिल्ला साविक गा.वि.स.महुवन वडा नं.४ हाल सखुवा प्रसौनी गा.पा.वडा नं.७ महुवन बलुवा बस्ने वर्ष ७२ को प्रेम गिरीलाई पक्राउ गरेको हो ।
निजकै घर ठेगानाबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
प्रनाउ थापाका अनुसार पक्राउ परेका गिरी नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती लगायत अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समय देखि प्रहरीको खोजी सुचिमा रहेका थिए ।
गिरी २०६५ असोज २२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दा, २०५७ भदौ १२ गते रातीको समयमा तत्कालिन पर्सा जिल्ला विन्दवासिनी गा.वि.स.वडा नं.४ बस्ने वर्ष ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी यादवको मृत्यु भएको खुन डाँका मुद्दा, २०६० पुस २५ गते र २०६६ फागुन १९ गतेको जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको, २०६० अषाढ ३ गतेको पूनरावेदन अदालत हेटौडाको फैसलानुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको र २०५६ जेठ ४ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार रहेकोले प्रहरीको खोजी सुचिमा रहेका थिए ।
Facebook Comments Box