सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ जेठ ।
सशस्त्र प्रहरी बल पर्सा मातहतका कार्यालयहरुले लाखौं मुल्य बराबरको भन्सार छलिका सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल पर्सा मातहतका प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र धोविनी गापा हरिहरपुर स्थित ाइद्य आस्वारीबाट खटिएको टोलीले भन्सार छलीका रु. १० लाख ३८ हजार २ सय ३८ मुल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले बुधवार वीरगंज महानगरपालिका वडा नं. १६ ईनर्वा ईलाकाबाट भन्सार छलि अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु.२ लाख १ हजार ९ सय ४५ मुल्य बराबरको अमुल चिज, बटर, मख्खन र मो.सा. बरामद गरिएको जनाइएको छ ।
त्यसै गरी बुधवार नै प्रस्तावित सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलिले भन्सार चेकप्वाईन्ट ईलाकाबाट भारतबाट नेपालतर्फ भन्सार छलि अबैध रुपमा ल्याउदै गरेको मुल्य रु. ७ लाख ५ हजार २ सय २३ मुल्य बराबरको क्ष्ल्ल्ग्व्भ्त्–ऋ, ीइीब्–क् क्थ्च्ग्ए, ऋब्च्ल् –द्य ऋब्ए लगायतका बिभिन्न किसिमका औषधीहरु बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।
यसरी नै प्रस्तावित सि.सु. गुल्म वीरगंजबाट खटिएको टोलीले वी.म.न.पा. वडा नं. १६ स्थित बासझ्या· ईलाकाबाट नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अ. मुल्य रु.३७ हजार ५ सय बराबरको १५० लिटर घरेलु मदिरा बरामद गरी वीरगंज भन्सारयार्ड कम्पाउण्ड भित्र नालामा बगाएर नष्ट गरेको जनाइएको छ ।
त्यस्तै पर्सा जिल्ला धोविनी गाउपालिका वडा नं. २ हरिहरपुर स्थित ाइद्य आस्वारी बाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि अबैध रुपमा मो.सा.मा राखि ल्याउदै गरेको रु. २३ हजार ६ सय ९० मुल्य बराबरको दाल तथा किराना सामान र रु.७० हजार बवराबरको मो.सा. बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
Facebook Comments Box