सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयहरुले पछिल्लो एक महिनामा ६ करोड बराबरको अवैध मालसामानहरु नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले मंगलवार सार्वजनिक गरेको बैशाख महिनाको प्रगती विवरणमा अ.मू.रु. ६ करोड १३ लाख ६८ हजा ४४ बराबरको विभिन्न किसिमका लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू नियन्त्रणमा लिई सम्बन्धित कार्यालयहरूमा बुझाइएको जनाएको छ ।
त्यसै गरी बैशाख महिनामा लागु औषधतर्फ गाँजा १५ किलो, खैरो हिरोईन ५७.४५ ग्राम, कोरेक्स ६७ बोत्तल, नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल विभिन्न स्थानबाट बरामद गरिएको प्रगति विवरणमा उल्लेख छ ।
जिप्रका पर्साका प्रवक्त प्रनाउ कुमार विक्रम थापाद्वारा सार्वजनिक गरिएको प्रगति विवरणमा नक्कली नोट रु.१ लाख २३ हजार बरामद गरेको उल्लेख छ भने हुण्डी कारोवारी ३ जना सहित नगद रु. ३५ लाख २० हजार ७ सय बरामद गरेको जनाइएको छ ।
यसरी नै अदालतको फैसला कार्यन्वयन तर्फ १५१ जनालाई ५ वर्ष २९ दिन कैद र रु.१५ लाख ८ हजार ७ सय ४२ जरिवाना असुल गराएको जनाइएको छ ।
चालु मुद्दाका फरार प्रतिवादी ११ जना पक्राउ गरिएको पनि जिप्रकाले जनाएको छ ।
चोरी भएको मोबाईल ४२ थान फेला पारी सम्बन्धितधनीलाई बुझाइएको पनि प्रगति विवरणमा उल्लेख छ ।
त्यस्तै हात हतियार खर खजाना तर्फ १ थान ःबमभ ष्ल ग्क्ब् पेस्तोल सहित १ जनालाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
पछिल्लो एक महिनामा ६ करोड बराबरको अवैध मालसामानहरु नियन्त्रण
Facebook Comments Box