सहारा दैनिक

spot_img
Homeप्रमुख समाचार“कक्षा कोठामा मेयर” कार्यक्रमको शुभारम्भ

“कक्षा कोठामा मेयर” कार्यक्रमको शुभारम्भ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ बैशाख ।
वीरगंज महानगरपालिकाले “कक्षा कोठामा मेयर” कार्यक्रमको शुभारम्भ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ४ विर्तामा रहेको क्रिजुद्ध माध्यमिक विद्यालयबाट सोमवार मेयर राजेशमान सिंहले कार्यत्रमको शुभारम्भ गर्नु भयो ।
कार्यक्रममा मेयर सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिंदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कमी नल्याउन पनि उहाले आग्रह गर्नु भयो ।
यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गर्नुभयो ।
विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन उहाले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर “कक्षा कोठामा मेयर” कार्यक्रममार्फत एउटा कक्षा लिने महानगरले जनाएको छ ।
मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिंदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक नविन मिश्रले बताउनु भयो ।
कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिनु भएको थियो ।
मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिनुभएको थियो ।
सो अवसरमा कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक समेत हस्तान्तरण गर्नुभएको थियो ।
महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गर्न सुरु गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -