सहारा दैनिक

spot_img
Homeदेशकर्णालीकर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै

कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै

कर्णाली, ३० वैशाख (रासस)
कर्णाली प्रदेशमा जबरजस्ती करणीका मुद्दा धेरै भएको पाइएको छ ।
उच्च अदालत सुर्खेतले आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा पुनरावेदन तहमा एक सय ६४ मुद्दा जबरजस्ती करणीमा मात्र दर्ता भएका छन् । त्यस्तै, कर्तव्य ज्यान, सवारी ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत एक सय १३, लागुऔषधसम्बन्धी ५१, बाल तथा बहुविवाहका ४७ र सम्बन्ध विच्छेदका १६ मुद्दा पुनरावेदन तहमा दर्ता भएको उच्च अदालत सुर्खेतका वरिष्ठतम् न्यायधीश कृष्णलाल भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार गतवर्ष सरी आएका एक सय ६० र नयाँ दर्ता भएका छ सय ८९ गरी कूल मुद्दा संख्या आठ सय ४९ रहेकोमा पाँच सय १८ फर्छ्यौट भएका छन् । तीन सय ३१ मुद्दा फर्छ्यौट गर्न बाँकी छन् । त्यस्तै, कैफियत प्रतिवेदनतर्फ ७६ मुद्दामा ६९ फर्छ्यौट भएको न्यायधीश भट्टराईले बताउनुभयो । रिट निवेदनतर्फ ८५ मुद्दामा ५२ फर्छ्यौट र ३३ बाँकी रहेको उहाँको भनाइ थियो । समग्रमा वैशाख ३० गतेसम्म ७९ प्रतिशत मुद्दा फर्छ्यौट भएको जनाइएको छ ।
अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार काम गरिएको जनाउँदै वरिष्ठतम् न्यायधीश भट्टराईले अन्यायमा परेका मान्छेहरुलाई महसुस हुने गरी न्याय सम्पादनका काम गरिएको बताउनुभयो । अदालतले सार्वजनिक सरोकारका मुद्दाहरु महत्वका साथ हेर्दै आएको उहाँको भनाइ थियो । अदालतका शाखा अधिकृत खेमराज तिमिल्सेनाले आव २०७७/७८ मा सात सय ३३, ०७८/०७९ मा नौ सय ५८ र २०७९/८० मा नौ सय २२ मुद्दा संख्या रहेको जनाउनुभयो । जसमा मुद्दाको फर्छ्यौट क्रमश ः ६४, ७४ र ८३ प्रतिशत रहेको उहाँको भनाइ थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -