सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारसौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ–मन्त्री चौधरी

सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन भूमिका खेलेको छ–मन्त्री चौधरी

सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, ३१ बैशाख ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलेको बताएकी छिन ।
रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको यचु ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ सिजन ६ लाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन ।
सौन्दर्य क्षेत्रले विशेषगरी महिलाहरूलाई रोजगारमा जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अहिले हरेक क्षेत्रमा सौन्दर्य अनिवार्य आवश्यकता जस्तै भइसकेको बताइन । सौन्दर्य क्षेत्रले रोजगारी सिर्जनामा ठुलो योगदान दिएको बताइन ।
पछिल्लो समय सौन्दर्य व्यवसायको माग बढ्दै गएको भन्दै उनले यसले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन । ट्यालेन्ट प्रतियोगिताहरूले सौन्दर्य सम्बन्धी क्षेत्रमा लागेका सौन्दर्य व्यवसायीलाई थप उत्प्रेरित गर्दै आएको भन्दै उनले महिलालाई सीप सिकेर आत्मनिर्भर बनाउन सबैले जोड दिनुपर्ने बताइन ।
महिलालाई आर्थिक रूपमा सबल बनाउन जीवन उपयोगी तालिम दिएर रोजगारी तथा आत्मनिर्भरताको बाटोमा जोड्नुपर्ने मन्त्री चौधरीको भनाई थियो ।
आफू आर्थिक, सामाजिक क्षेत्रबाट राजनीतिमा आएको बताउदै मन्त्री चौधरीले निकै लामो संघर्षबाट प्रत्यक्ष निर्वाचन जितेर राज्यको नीति निर्माण तहसम्म पुग्न सफल भएको बताइन । उनले म आर्थिक, सामाजिक क्षेक्रमा काम गरेर आएको व्यत्ति । राजनीतिक रूपमा सफल हुन निकै संघर्ष गर्नुपर्‍यो । मुलुकको उपप्रधानमन्क्री जस्तो व्यत्तिसँग प्रतिस्पर्धा गर्दा पटक–पटक जितेर पनि हार्नुपर्‍यो । तर म जितेरै आउँछु भनेर निरन्तर निर्वाचन लडेर तेस्रो पटकमा निर्वाचन जिते । त्यसैले जुन सुकै क्षेक्रमा लाग्ने व्यत्तिले एक पटकको असफलताबाट निराश हुनुहुँदैन भनिन ।
राजनीतिक क्षेत्रमा महिलाको सहभागिता वृद्धि भएपनि मूल नेतृत्वमा अझैपनि पुग्न नसकेको भन्दै उनले त्यसका निम्ति अझै मेहनत गर्नुपर्ने अवस्था रहेको बताइन ।
मन्त्री चौधरीले महिलालाई सीप विकास गरी आर्थिक रूपमा सशक्तीकरण गराउने उद्देश्यले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारीमा रहेको समेत जानकारी दिइन । रोज ब्युटी एकेडेमीका अध्यक्ष सोनिका रञ्जितको अध्यक्षतामा आयोजित कार्यक्रममा सौन्दर्य क्षेत्रमा कार्यरत सौन्दर्यकर्मीहरूको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -