सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० बैशाख ।
मधेश प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच समिकरण बनाउने सहमती बनेको छ ।
नयाँ समिकरण बनाउने सहमती पश्चात नेकपा माओवादी केन्द्र र नेकपा एमालेले जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउने तयारीमा जुटेका छन ।
आइतवार चार दलबीच नयाँ समीकरण बनाउने सहमति पछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका छन् ।
एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिनुको साथै समर्थन फिर्ता लिए पछि जसपा नेता सरोज यादव नेतृत्वको मधेश सरकार अल्पमतमा परेको छ ।
यी चार दलहरुबीच नयाँ सत्ता समीकरणबारे सहमती भए पनि आगामी सरकारको नेतृत्व बारे भने सहमती जुटेको छैन ।
सरकारको नेतृत्वमा एमाले र जनमत पार्टीको दावी रहेको नेताहरुको भनाइ छ । यदपी हाल सम्म नेतृत्व बारे टुंगो नलागेको एमालेका एक प्रदेश सांसदले बताएका छन ।
अहिले ४ दलका नेताहरु नयाँ समिकरण संगै सरकारको नेतृत्व तथा दलीय प्रतिनिधित्व कसरी गर्ने लगायतका विषयमा गहन छलफलमा जुटेका छन ।
१०७ मधेश प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट रहेको छ । यसले नयाँ सरकार गठनका निम्ती बहुमत पुग्ने छ भने जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढल्ने स्थिती उत्पन्न भए पछि सो पार्टी विभाजन भई अशोक रायको नेतृत्वमा गठित जनता समाजवादी पार्टी तर्फ खुल्ने प्रदेश सांसदहरु पनि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी विच बनेको नयाँ समिकरणमा समाहित हुने जसपाका एक नेताले बताएका छन ।
केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेशमा आशोक राई नेतृत्वमा सांसदहरु खुल्न बांकी छन ।
Facebook Comments Box