सिरहा, ३० वैशाख (रासस)
सिरहाको लहान बजारमा अधिकांश व्यापारीले म्याद गुज्रिएको पेयफदार्थ खुलम्मखुला बिक्री वितरण गर्ने गरेको जनगुनासो बढेको छ ।
शुत्रबार यहाँको एक पसलबाट उपभोक्ताले आफ्नो घरको लागि एक बण्डल जुस (फ्रुटी) खरिद गर्दा दुई महिना पहिलानै म्याद गुज्रेको भेटिएको बताएका छन् । त्यस पश्चात् उक्त पसलमा रहेका फ्रुटीका सबै बण्डल खोलेर हेर्दा सबैमा म्याद गुज्रिएको फेला परेको बताइएको छ ।
यसरी दुई महिनाअघि नै म्याद गुज्रिएको पेयपदर्थ खुलम्खुल्ला बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड हुँदा नियमक निकायले कुनै चासो नदिएको लहान नगरपालिका(ड का स्थानीय सत्यनारायण चौधरीले गुनासो गर्नुभयो ।
“चेतनास्तर हुने सहर बजारमा त नागरिकको स्वास्थ्यमाथि यसरी खेलवाड गरिन्छ । झन दुरदरजका गाउँतिर कसरी उपभोक्ता ठगिएका होलान्,“चौधरीले भन्नुभयो,“बजारमा म्याद गुज्रिएका सामान पटक(पटक फेला परेपनी सम्बन्धित निकायले अनुगमन नै गर्दैनन्, गरिए भने पनि फितलो अनुगमन गरी व्यापारीलाई ऊन्मुक्ति दिन्छन् ।”
गर्मी समयमा अत्यधिक बित्रीवितरण हुने पेयपदार्थ यहाँका उद्योग र डिलरहरुले म्याद सकिनै लाग्दा जिल्ला भित्र्याउने र ती सामान बजार म्याद गुज्रने गरेको उपभोक्ताको भनाइ छ । त्यसैगरी कतिपय डिलर व्यवसायीले म्याद गुज्रिएका पेयपदार्थको स्किम निकालेर एउटा किन्दा अर्को सित्तैमा भनी बजारका पसलमा दिने गरेको उनीहरुको दाबी छ ।
Facebook Comments Box