सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, २८ बैशाख ।
भारत सरकारको सहयोगमा निर्माण हुने सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास भएको छ ।
पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले “नेपाल–भारत विकास सहकार्य” अन्तर्गत निर्माण हुने श्री भूमेश्वर माध्यमिक विद्यालय झवनको शुक्रवार संयुत्त रुपमा शिलान्यास गर्नुभयो ।
भारत सरकारको ने. रु. ३.१०५ करोडको आर्थिक सहयोगमा बैतडी जिल्ला पाटन नगरपालिका–४ मा निर्माण हुने विद्यालय भवनको शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
“नेपाल–भारत विकास सहकार्य” अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने छ र पाटन नगरपालिका मार्फत कार्यान्वयन गरिने जनाइएको छ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको भारतीय दुतावासले जनाएको छ ।
कार्यक्रममा पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।
सो अवसरमा सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४९० वटा परियोजना सम्पन्न भइसकेको भारतीय दुतावासले जनाएको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास
Facebook Comments Box