सहारा दैनिक

spot_img
Homeईपेपरछापामारी गरी अवैध सुपारी र कपडा बरामद

छापामारी गरी अवैध सुपारी र कपडा बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ बैशाख ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले छापामारी गरी अवैध सुपारी र कपडा बरामद गरेको छ ।
संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. ७ रेल्वे रोड स्थित एक तिन तले घरमा छापामारी गरी भन्सार छली ल्याएर भण्डारण गरी राखेको सुपारी, जट्टामसी र साडी बरामद गरेको हो ।
उक्त घरबाट रु. ५ लाख ८२ हजार २ सय मुल्य बराबरको ४०४ किलो सुपारी, १३० किलो जट्टामसी र ८६ पिस साडी बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड्क्वाटर पर्साले जनाएको छ ।
त्यसै गरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले भन्सार मेनगेट वरपरको ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रु. २ लाख ६१ हजा ४ सय ६० मुल्य बराबरको कपडा तथा किराना सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको समेत जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -