सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ बैशाख ।
पर्सा प्रहरीले श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डबाट श्रोत नखुलेको १३ लाख १५ हजार सहित एक जनालाई पक्राउ गरेको हो ।
वीरगंजबाट परवानीपुरतर्फ जांदै गरेका प्रदेश २–०३ –०१० प ६७१९ नम्बरको मो.सा.रोकेर खानतलासी गर्दा वीरगंज महानगरपालिका वडा नं.२२ जगरनाथपुर बस्ने बर्ष २८ को रवि कुमार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नगद नेपाली रु १००० दरको नोट ८८९ थान, रु ५०० दरको नोट ८५० थान र रु १०० दरको नोट १० थान गरी रु १३ लाख १५ हजार सहित बिभिन्न बैंकको खाली चेकहरु ७ थान बरामद भए पछि निजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
श्रोत नखुलेको रकम बरामद भए पछि पटेललाई नियन्त्रणमा लिई निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box