सहारा दैनिक

spot_img
Homeईपेपरसशस्त्र प्रहरी बलले नागरिकलाई सास्ती दियो–स्वतन्त्र मानव अधिकार समाज

सशस्त्र प्रहरी बलले नागरिकलाई सास्ती दियो–स्वतन्त्र मानव अधिकार समाज

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २४ बैशाख ।
स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले भन्सार क्षेत्रमा सशस्त्र प्रहरी बलले चेकजांचको नाममा नागरिकलाई सास्ती दिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
समाजका पदाधिकारीहरुले सोमवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअ दिनेश सागर भुषाललाई भेट गरी वीरगंज भन्सार कार्यालयमा भई रहेको असहजता प्रति ध्यानाकर्षण गराएको हो ।
समाजले बुझाएको ध्यानाकर्षण पत्रमा वीरगंज भन्सार कार्यालयमा सशस्त्रका प्रहरीहरुले चेकजांचको नाममा कडा घाममा झण्डै एक घण्टा जति लाईनमा उभ्याएर नागरिकहरुलाई शास्ती दिई रहेको हुंदा त्यस्ता गतिविधिलाई सहजता कायम गराई दिनु आग्रह गरेको छ ।
त्यसै गरी समाजले प्रजिअलाई बुझाएको ध्यानाकर्षण पत्रमा नारायणी अस्पतालमा समय मै उपचारको लागि गएका विरामीहरुले सम्बन्धीत डाक्टरहरुलाई भेटन नसक्दा विरामीहरु दिनहु जसो प्रभावित भएको बारे पनि ध्यानाकर्षण गराईएको छ ।
जिल्ला प्रशासन कार्यालयमा हुने सामाजिक गतिविधिको सम्बन्धमा समाजका पदाधिकारीहरुलाई पनि समय मै सूचना सम्प्रेषण गर्न लगाई दिन हुन समेत प्रजिअ भुषाललाई आग्रह गरिएको छ । नारायणी अस्पतालमा रात्रिको समयमा आकस्मीक कक्षमा खोजेको समय डाक्टरहरु भेट नहुने परिपाटिको अन्त्य गर्दै सुधार गर्न प्रजिअ भुषालसंग समाजले अनुरोध गरेको छ ।
समाजका सभापति कृष्ण कुमार खनालको संयोजकत्वमा गएको टोलीमा उपसभापति नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सह–कोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्य सोनालाल गुप्ता, लालबाबु गुप्ता सहित सहयोगी सुन्दर कुमार चौधरी लगायतको सहभागिता रहेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -