सहारा दैनिक

spot_img
Homeदेशमधेश५० लाख मुल्य बराबरको सामान सहित दुई ट्रक नियन्त्रण

५० लाख मुल्य बराबरको सामान सहित दुई ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ बैशाख ।
पर्सा प्रहरीले वीरगंज महानगरपालिका अन्तरगत छुट्टा–छुट्टै स्थानबाट लाखौं मुल्य बराबरको खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर सडकखण्ड र वडा नं. १४ स्थित गण्डक चोकबाट दुई ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीमनपा वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट अ.मु. रु. २० लाख १५ हजार ६ सय ८५ बराबरका कपडा तथा खुद्रा सामानहरू लोड रहेको ना.६ ख ७९७२ नम्बरको ट्रक नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्त प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
त्यसै गरी वी.म.न.पा. वडा नं.१४ गण्डक चोक स्थितबाट अं.मु.रू.३० लाख ७६ हजार ८ सय ५५ बराबरको खुद्रा तथा खाद्यान्न सामानहरू लोड ना.८ ख ८७१२ नम्बरको ट्रक नियन्त्रणमा लिएको प्रनाउ थापाले जानकारी दिनु भयो ।
दुवै ट्रकमा लोड रहेको रु. ५० लाख ९२ हजार ५ सय ४० मुल्य बराबरको मालसामानहरु आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रनाउ थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -