सहारा दैनिक

spot_img
Homeकृषिव्यूटिसियन तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण

व्यूटिसियन तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० बैशाख ।
दुई महिने व्यूटिसियन तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
विश्रामपुर गाउपालिका बाराको सहयोगमा युवा नेपाल संघले आयोजना गरेको तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।
विश्रामपुर गापा वडा नं. ३ स्थित मुसहरवामा आयोजित तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि गापा अध्यक्ष जुल्फकार अली भुट्टोले तालिम लिएका ३० जनालाई प्रमाण पत्र वितरण गर्नु भयो ।
युवा नेपाल संघका अध्यक्ष सोनाली सावको सभापतित्वमा आयोजित कार्यक्रममा गाउपालिका उपाध्यक्ष प्रियंका देवी, वडा नं. ३ का अध्यक्ष शिवचन्द्र प्रसाद यादव, सदस्य मदन प्रसाद महतो, सरोज श्रेष्ठ, शिवशंकर श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -