सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ बैशाख ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्र मिनबजारले बढ्दो गर्मीलाई मध्यनजर गरी सातु वितरण गरेको छ ।
केन्द्रका अध्यक्ष वासुदेव सहनीको नेतृत्वमा बुधवार वीरगंज महानगरपालिका वडा नं. ९ घण्टाघर स्थित प्रहरी विट अगाडि सर्वसाधारणलाई सातु वितरण गरेको हो ।
पछिल्लो केही दिन देखि तराई–मधेशमा बढ्दो भिष्ण गर्मीलाई मध्य नजर गरी सर्वसाधारण आम नागरिकलाई गर्मीबाट राहतका निम्ती सातु, कागती, प्याज र हरियो खुर्सानी मिश्रण गरी झोल बनाएर वितरण गरेको केन्द्रका उपाध्यक्ष प्रवेश कुमार सर्राफले जानकारी दिनु भयो ।
सो अवसरमा केन्द्रका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
Facebook Comments Box