सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, १९ बैशाख ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंले र्याली निकालेको छ ।
१३५औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राजधानी काठमाण्डौंमा बुधवार श्रमिक महिला रक्षा सघंले र्याली निकालेको हो ।
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्याली निकालेका हुन् ।
ठमेल स्थित सञ्चय कोष अगाडिबाट निकालिएको र्याली दरबारमार्ग, रत्नपार्क, सहिदगेट, सुन्धारा हुंदै शान्तिबाटिकामा पुगेर समापन गरिएको थियो ।
यस वर्ष श्रमिक दिवसको नारा “मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान” तय गरिएको छ ।
श्रमिक दिवस प्रत्येक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।