सहारा दैनिक

spot_img
Homeदेशमधेशकपडा लोड १०५ नं. को मिनि ट्रक छुटाउन ठुलो आर्थिक चलखेल

कपडा लोड १०५ नं. को मिनि ट्रक छुटाउन ठुलो आर्थिक चलखेल

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ बैशाख ।
गृहमन्त्रालयको कडा निर्देशन पछि सिमानाकाहरुबाट हुने अवैध ओसार पोसारमा कमी आए पछि वीरगंज भन्सार कार्यालय परिसर तस्करहरुको अखाडा बन्न पुगेको छ ।
वीरगंज भन्सार कार्यालयका केही अधिकृत तथा कर्मचारीहरुलाई आर्थिक प्रभावमा पारेर तस्करहरुले अहिले भन्सार कार्यालय (आइसिपि) परिसरलाई नै प्रयोग गरेर अवैध कारोबारका धन्धालाई निरन्तरता दिएको बुझिन आएको छ ।
समाचार श्रोतका अनुसार विगतमा सुरक्षा निकायलाई आर्थिक प्रभावमा पारेर सिमा क्षेत्रबाट भन्सार छली गरी तस्करी गर्ने तस्करहरु अहिले वीरगंज भन्सार कार्यालय (आइसिपि) परिसरबाट केहि क्लियरिङ एजेन्ट मार्फत दैनिक रुपमै करोडौं मुल्य बराबरको भारतीय कपडा लगायतका सामानहरु भन्सार राजस्व छली गरी नेपाल भित्रियाएर गन्तव्य सम्म पुर्‍याउने गरेका छन ।
यसै क्रममा प्राप्त समाचार अनुसार विनोद रोडवेजका संचालक विनोद अग्रवाल सहित केही क्लियरिङ एजेन्टहरुले काठमाण्डौंका कपडा किंग भनिने व्यापारीहरुको भारतबाट आउने कपडाहरु ठेक्का नै लिएर वीरगंज भन्सार कार्यालयबाट दरबन्दी, मुल्यांकन र अदतमा समेत हेराफेरी गरी जांचपास गराई विगतमा तस्करहरुले पोकाको रु. १५ हजारमा पुर्‍याए सरह नै अहिले पुर्‍याउने गरेको भरपर्दो श्रोतको दावी छ ।
अग्रवालले जांचपास गराउने मालसामानको एक पल्ट भिसिटिएस लगाए पछि त्यसैको अनलाईन ३ दिन सम्म देखाएर अफलाईनमा दैनिक रुपमै मिनि ट्रक मार्फत वीरगंजबाट हेटौंडा हुंदै चापागांउको बाटो प्रयोग गरी काठमाण्डौं सम्म करोडौं मुल्य बराबरको कपडा पुर्‍याउने गरेको श्रोतको दावी छ ।
यसै क्रममा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विनोद अग्रवालकै एजेन्ट कम्पनीबाट जांचपास भई निस्केको मधेश प्रदेश ०३–००२ ख १०५ नम्बरको मालवाहक मिनी ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी कपडाहरू लोड रहेको आशंकामा बैशाख १६ गते आइतवार सांझ साढे ७ बजे नियन्त्रणमा लिएर कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा सोमवार बुझाएको छ ।
उक्त मिनि ट्रकमा लोड रहेको कपडाको रु. ६० लाख मुल्य उल्लेख रहे पनि श्रोतका अनुसार झण्डै एक करोड हाराहारीको कपडा रहेको बताइन्छ ।
उक्त कपडाको जांचपास गर्दा भन्सारका मास्टर (अधिकृत) र जांचकीलाई मिलाएर दरबन्दी, मुल्यांकन र अदत समेत हेराफेरी गरी जांचपास गराएको श्रोतको दावी छ । उक्त मिनि ट्रकमा लोड रहेको कपडा छुटाउन अग्रवालले आफ्ना कर्मचारी बद्री र भतिज नितिनलाई परिचालन गरी पथलैया देखि विभाग सम्म समन्वय गर्न आर्थिक चलखेलमा जुटेको उनी निकट श्रोतले नै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा राष्ट्रिय सहारालाई बताएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -