सहारा दैनिक

spot_img
Homeदेशमधेशलाखौं मुल्य बराबरको अवैध सामान सहित दुई जना नियन्त्रणमा

लाखौं मुल्य बराबरको अवैध सामान सहित दुई जना नियन्त्रणमा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ बैशाख ।
सशस्त्र प्रहरी पर्साद्वारा भन्सार छलिका सामान सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित बांसझाङ र भुटनदेवी ईलाकाबाट लाखौं मुल्य बराबरको भन्सार छलिका सामान सहित २ जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको रु. ७ लाख ३३ हजार १ सय मुल्य बराबरको भन्सार छलिका कपडाहरु तथा ओसार पोसारमा प्रयोग गरिएका २ साईकल सहित बारा जिल्ला जितपुर सिमरा उ.म.न.पा. निवासी वर्ष ३७ की १ जना महिला र बारा जिल्ला बिश्रामपुर निवासी बर्ष ४० का १ जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल गण नम्बर १३ हेडक्वाटर पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -