सहारा दैनिक

spot_img
Homeदेशमधेशनक्कली नोट सहित एक महिला र एक पुरुष पक्राउ

नक्कली नोट सहित एक महिला र एक पुरुष पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ बैशाख ।
नक्कली नोट सहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ९ घण्टाघर स्थित सडकखण्डबाट नेपाली नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो ।
संकास्पदरूपमा पैदल हिंडिरहेका अवस्थामा रोकेर खानतलासी गर्दा भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायत बस्ने वर्ष ३० को क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली रू.१००० दरको १ थान नोट र बारा जिल्ला प्रसौनी गाउपालिका वडा नं.२ बस्ने वर्ष ४० की हलिमा खातुनको साथबाट नक्कली नेपाली रु.१००० दरका नोट १२२ थान गरी रु.१ लाख २३ हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
उनीहरुलाई बरामद भएको नक्कली नोट सहित नियन्त्रणमा लिइ मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -