सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ बैशाख ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी कपडाहरू लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.१७ आई.सि.पी.गेट स्थित सडकखण्डबाट कपडाहरू लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले मधेश प्रदेश ०३–००२ ख १०५ नम्बरको मालवाहक मिनी ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, इलष्लिभ ख्ऋत्क् विल भन्दा बढी लोड रहेको आशंकामा उक्त मिनि ट्रकलाई नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रकभित्र लोड रहेको कपडाहरूको (उल्लेखित विल अनुसार) अ.मु.रू.६० लाख मुल्यांकन गरी आवश्यक कारवाहीको लागि सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box