सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ बैशाख ।
सशस्त्र प्रहरी पर्साद्वारा नगद रकम सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले चेकजाँच गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट ईलाकाबाट नगद रकम सहित एक भारतीय नागरिकलाई नियन्क्रणमा लिएको हो ।
सोमवार चेकजाँच गर्ने त्रममा नेपालबाट भारततर्फ जादै गरेको द्यच् ण्छ ब्श् ठछठद्ध नम्बरको मो.सा.मा सवार भारत बिहार पुर्बी चम्पारण रक्सौल निवासीको साथबाट नेपाली रुपैया रु. ३ लाख ३६ हजार फेला परेको सशसत्र प्रहरी बल नम्बर १३ गण हेड्क्याटर पर्साले जनाएको छ ।
उक्त रकम सहित निजले प्रयोग गरेको मोसाको मुल्य रु. २ लाख मुल्यांकन गरी आवस्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको जनाएको छ ।
Facebook Comments Box