सहारा दैनिक

spot_img
Homeसमाचारमाओवादी केन्द्रद्वारा विपद्का घटनाका पिडितको उद्धार तथा राहतमा जुट्न अहृवान

माओवादी केन्द्रद्वारा विपद्का घटनाका पिडितको उद्धार तथा राहतमा जुट्न अहृवान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ बैशाख ।
नेकपा माओवादी केन्द्रले पार्टी एवं भातृ संगठनहरुलाई विभिन्न विपद्का घटनाका पिडितको उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन अहृवान गरेको छ ।
माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले सोमवार एक प्रेस विज्ञप्ती जारी विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै पीडित एवं प्रभावित सबैप्रति गहिरो सहानुभूति प्रकट गर्दै पार्टी एवं भातृ संगठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन अहृवान गरेको हो ।
देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च बृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्ती मार्फत यस चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।


विपद्का घडीमा स्थानीय तह नै अग्रपंक्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारी लाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गर्नुका साथै यी र यस्ता विपद्का जोखिमहरु कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि विज्ञप्ती मार्फत आहृवान गरिएको छ ।
विज्ञप्तीमा विपद्जन्य अवस्थामा गर्नु पर्ने उद्धार तथा राहतका लागि पालिकाहरुलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराइएको छ ।
विपद् जोखिमहरू बारे जानकारी लिन, त्यस्ता विपद्का जोखिमहरू न्यूनीकरण गर्न तथा तिनको व्यवस्थापनका उपाहरु बारे सचेत रही आवश्यक परेका बेला अग्रसर हुन सबै नागरिकमा पनि विज्ञप्ती मार्फत प्रवक्ता सापकोटाले अपिल गरेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -