सहारा दैनिक

spot_img
Homeदेशमधेशअबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी

अबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ बैशाख ।
वीरगंज महानगरपालिकाले अवैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी गरेको छ ।
शैक्षिक सत्र सुरु भएसंगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि एक्सेल कलेजमा सिलबन्दी गरेको हो ।
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउ भन्दा फरक ठाउमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल गरिएको बताउनु भयो ।
कंचनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगंज महानगरपालिका वडा नं. ११ मा एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि सिल गरिएको शिक्षा अधिकृत लामिछानेले जानकारी दिनु भयो ।
गत वर्ष पनि महानगरले विभिन्न ९ वटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिबाना असुल गरेको थियो ।
विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा कंचनजंघा र ज्ञानबाटीका बोर्डिङ स्कुलको हुने तर पढाइ हुने फरक भवनमा फरक विद्यालयको राखिएको, विद्यार्थीको आइडी कार्ड, लगायत एक्सेल कलेज किर्ते नाममा चलेको पाइयो जुन महानगरपालिकामा दर्ता छैन । दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरु शैक्षिक सत्रको सुरुवातबाटै सिल गर्न सुरु गरेको उहाले बताउनु भयो ।
महानगरपालिकाले दर्ता नभई सञ्चालन भइरहेका छद्म नामका कलेज, मन्टेसरी, कोचिङ सेन्टर, कन्सल्टेन्सी पनि सिल गर्ने तयारी गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -