सहारा दैनिक

spot_img
Homeदेशमधेशकांग्रेस र एमाले मिलेर सरकार बन्ने अवस्था छैन–नेता साउद

कांग्रेस र एमाले मिलेर सरकार बन्ने अवस्था छैन–नेता साउद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १५ बैशाख ।
नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन पर्साद्वारा वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा पुर्व परराष्ट्र मन्त्री समेत रहेका नेता साउदले प्रमुख राजनीतिक दलहरूबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने बताउनु भयो ।
उहाले प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन भन्दै प्रमुख राजनीतिक दल मिलेर बन्ने सरकारले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ ।
नेपालको सन्दर्भमा पनि संवैधानिक मुद्दाबारे जसलाई दुईवटै प्रमुख पार्टीको सरकार बनिसकेपछि संविधान संशोधनको प्रक्रियाबाट टुंग्याउनुपर्ने मुद्दा छन् भने ती मुद्दा सम्बोधन गर्नर् ेसन्दर्भमा दुवै पार्टीबीच पारदर्शी सहमति भयो भने मात्रै सत्तासाझेदारी गर्न सकिन्छ भन्नु भयो ।
त्योभन्दा बाहेक प्रशासनिक सजिलोपनका लागि र सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्क्रको मूल्य घट्न सक्ने धारणा व्यत्त गर्नु भयो ।
उहाले हिजोसम्म विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै लागि आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताउनुभयो ।
नेपाली कांग्रेसले एमालेसंग गठबन्धन गरेर सरकारमा जानै परेको खण्डमा पार्टीको केन्द्रीय समितिमा पर्याप्त छलफल गरेर मात्रै अघि बढ्ने बताउदै नेता साउदले जहासम्म विभिन्न समीकरणका कुराहरू छन् । नेपाली कांग्रेसले कसैलाई निषेध गर्ने उद्देश्यले कुनै पनि समीकरण गर्ने छैन । हामी जुनसुकै कुरा पनि परिपक्व भएपछि मात्रै त्यसको बाटोमा अघि बढ्छौं भन्नु भयो ।
उहाले कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढंगले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -