सहारा दैनिक

spot_img
Homeदेशमधेशसरकारले माग पूरा नगरेको मिटरब्याज पीडितको गुनासो

सरकारले माग पूरा नगरेको मिटरब्याज पीडितको गुनासो

सिरहा, १४ वैशाख (रासस)
सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित लेनदेन “मिटरब्याज” पीडितले गुनासो गर्नुभएको छ ।
शुक्रबार सिरहाको लहानमा पत्रकार सम्मेलन गरी मिटरब्याजपीडितहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै गुनासो गर्नुभयो ।
मिटरब्याजपीडित संघर्ष समितिका सङ्योजक मनोजकुमार पासवानले सरकारले पटकपटक सहमति गरे पनि कार्यान्वयनका लागि ठोस् पहल नगरेको आरोप लगाउनुभयो । उहाँले उल्टै मिटरब्याजपीडितलाई स्थानीय प्रशासनले दुःख दिने काम गरिरहेको उहाँको भनाइ छ ।


समस्या समाधानको काम प्रभावकारी ढंगले अगाडि नबढाइए फेरि आन्दोलन गर्ने पीडितहरूको चेतावनी छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -