सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ बैशाख ।
भारत सरकारको सहयोगमा चितवन जिल्ला स्थित खैरहनी नगरपालिकामा निर्माण गरिएको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा निर्मित परियोजनाको एक कार्यक्रम विच खैरहनी नपाका मेयर शशी कुमार खनिया र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको ९त्जभ झ्दबलफभलत बलम ीबगलअजष्लन ब्उचयल म्जगलनचभ प्जयबि च्ष्खभच त्चबष्लष्लन ध्यचपक० परियोजनाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, परियोजना उपभोक्ता समितिका प्रतिनिधि र समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर खैरहनी नगरपालिकामा पर्ने ढुंग्रे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोला किनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको थियो ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । खैरहनी नगरपालिका मार्फत कार्यान्वयन गरिएको यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको जनाइएको छ ।
कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।
यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफाडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसंग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपद विरुद्घ जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्ने बताइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ ।
भारत सरकारको सहयोगमा निर्मित सामुदायिक विकास परियोजनाको उद्घाटन
Facebook Comments Box