सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध सहित ४ महिला नियन्त्रणमा

लागु औषध सहित ४ महिला नियन्त्रणमा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ बैशाख ।
सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित लागु औषध सहित चार जना महिलालाई नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेटबाट चेकजाँच गर्ने क्रममा लागु औषध सहित चार जना महिलालाई नियन्त्रणमा लिएको हो ।
शरिरमा लुकाईछिपाई भारतबाट अवैध रुपमा नेपा तर्फ ल्याउदै गरेको अवस्थामा प्रतिबन्धित कोडिन मिश्रित ऋइग्न्ज् क्थ्च्ग्ए इल्भ्च्भ्हृ ज्ञण्ण् ःी का ६६ बोतल सहित मकवानपुर जिल्ला निवासी क्रमशः वर्ष २८, ५१, ४४, ४० का चार जना महिलाहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।
लागु औषध सहित नियन्त्रणमा लिइएको महिलाहरुलाई आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -