सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ बैशाख ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी कपडाहरु लोड रहेको मालवाहक ट्याक्टर र पिकअप नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले ICP बाट वीरगंज आउदै गरेको विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको माल वाहक पिकअप र ट्याक्टर नियन्त्रणमा लिएको हो ।
चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ अलौ स्थित सडकखण्डबाट BR BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरमा लोड रहेको मालबस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, Online VCTS विल भन्दा बढी लोड रहेको आशंकामा नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्त प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएको उक्त पिकअप र ट्याक्टरमा लोड रहेको अ.मु.रू.४० लाख ३६ हजार २ सय १ मुल्य बराबरको विभिन्न किसिमका कपडाहरू आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box