सहारा दैनिक

spot_img
Homeदेशमधेशविद्युत सर्ट भई आगलागी हुंदा ७ जनाको घर जलेर नष्ट

विद्युत सर्ट भई आगलागी हुंदा ७ जनाको घर जलेर नष्ट

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ बैशाख ।
बिधुतको तार सर्ट भई मंगलवार बिहान अचानक आगलगी हुदा ७ जनाको घर जलेर नष्ट भएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १७ अलौ स्थितमा महेन्द्र सहनीको फुसको घरमा बिधुतको तार सर्ट भई लागेको आगो सल्किदा ७ जनाको घर जलेर नष्ट भएको हो ।
महेन्द्र सहनीको फुसको घर विद्युत सर्ट भई सल्किएको आगोले निजका घर सहित अनपात, लत्ता कपडा , सरसामान, सुन चांदी तथा चौपाया जलेर अंदाजी रु १० लाख ६३ हजार बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।


सो आगो सल्किदा छिमेकका मैना सहनी, बिरेन्द्र सहनी, तुफान सहनी, फुलदेव सहनी, अभय सहनी र अदालत साह को घर, अनपात, लत्ता कपडा , सरसामानका साथै गरगहना समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
सो आगलागीबाट अंदाजी रु ५३ लाख ९० हजार बराबरको क्षेति भएको प्रहरीले जनाएको छ ।
मंगलवार बिहान ३ बजे लागेको आगो दमकल, प्रहरी र स्थानीयहरुको सहयोगमा बिहान ५ बजे मात्र पुर्ण रुपमा नियन्त्रणमा आएको प्रनाउ थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -