सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० बैशाख ।
साताको दुई दिन लाग्ने भारतीय रा·ा (पाडा) बजार अब दैनिक रुपमा लाग्न थालेको समाचार बुझिन आएको छ ।
पर्सा जिल्ला जगरनाथपुर गाउपालिका र ठोरी गाउपालिकामा विगतमा साताको दुई दिन लाग्ने पाडा बजार ठोरीको बन्द भए पनि जगरनाथपुरमा अब दैनिक रुपमै लाग्ने गरेको बुझिन आएको हो ।
भारतबाट अवैध रुपले भित्रियाउने पाडा बिक्रि गर्न प्रत्येक साता आइतवार र बिहिवार ठोरी गापा स्थित विजय वस्तीमा र जगरनागपुर गापा स्थित जगरनाथपुरमा सोमवार र शुक्रवार बजार लाग्ने गरेका थिए ।
पर्सा जिल्लामा प्रहरी प्रमुख भएर एसपी कुमोद ढुंगेलको आगमन पश्चात ठोरी गापा स्थित विजय वस्तीको लाग्ने पाडा बजार बन्द भएको पाइएको छ भने जगरनाथपुरमा बजार बन्द गरिएको भनिए पनि भारतबाट अवैध रुपले भित्रियाउने पाडाहरु बजार कै छेउमा कम्पाउण्ड भित्र अघोषित रुपले दैनिक नै बजार लाग्ने गरेको पाइएको छ ।
केही संचारकर्मीहरुको समुह बिहिवार जगरनाथपुर स्थित पाडा बजारमा जांदा सुनसान देखिए पछि बजार छेउमै रहेको एक झोपडीमा केहि मानिसहरुको चहल पहल देखे पछि संचारकर्मीहरुले एक जना संग बजार किन नलागेको जिज्ञासा राख्दा ति व्यक्तिले नयाँ एसपीले लाइन नदिएकोले “बजारको पुर्व तर्फ रहेको करिब डेढ सय पाडा अटाउने सेड सहितको कम्पाउण्ड” तर्फ देखाउदै भने त्यसमा अब दैनिक रुपमै बजार लाग्ने गरेको बताए ।
ति व्यक्तिले अधिकांश पाडा भारतबाट महादेव यादवले ल्याउने गरेकाले विगतमा जिल्ला सम्म लाइन मिलाएर ल्याउदा बजारमा खुल्लेयाम वडा समितिबाट स्थानीय पाडा भएको भनी सिफारिस लिएर बिक्रि वितरण तथा यहाँबाट काठमाण्डौं सम्म पुर्याउने गर्थ्यौं ।
तर नयाँ एसपी आए पछि स्थानीय स्तरमा थाना चौकीलाई मिलाएर ल्याउदा बजारमा खुल्ला रुपले विक्रि वितरण गर्न उनीहरु कै सुझावमा बन्द गरी गोठ जस्तो बनाइएको सो कम्पाउण्ड भित्र दैनिक रुपमा ४०–५० पाडा मात्र ल्याएर चिनेको व्यापारीलाई मात्र प्रवेश गराइ विक्रि वितरण गर्ने गरेको बजार व्यवस्थापनमा खटिएका एक जनाले बताए । ती व्यक्ति संग नाम सोध्दा निजले किन चाहियो तिमिहरु को हो भनेर धम्काउन समेत प्रयास गरेका थिए ।
संचारकर्मीहरुको सोधिखोजी हेरे पछि एकै छिनमा त्यहा रहेका खलिफा जस्तो देखिने ४–५ जना आएर किन बजार र पाडा ल्याउने श्रोत सोधेको भनी प्रतिप्रश्नका साथै उग्र हुन थाले पछि संचारकर्मीहरु त्यहाँबाट गाउपालिकामा गएर बुझ्ने भनेर फर्किएका थिए ।
Facebook Comments Box