सहारा दैनिक

spot_img
Homeसमाचारसांसद यादवद्वारा वीरगंजका लागि विशेष प्याकेज व्यवस्थापन गर्न प्रधानमन्त्रीसंग माग

सांसद यादवद्वारा वीरगंजका लागि विशेष प्याकेज व्यवस्थापन गर्न प्रधानमन्त्रीसंग माग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० बैशाख ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगंज सहित आफनो निर्वाचन क्षेत्रको लागि आगामी बजेटमा विशेष प्याकेज समावेश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग माग गर्नु भएको छ ।
सांसद यादवले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)लाई भेटेर वीरगंज सहित आफनो निर्वाचन क्षेत्रका लागि विशेष प्याकेज आगामी बजेटमा समावेश गर्न माग गर्नु भयो ।
उहाले विकास निर्माण, स्वास्थ्य,शिक्षा, खानेपानी, पर्यटन,कृषि,खेलकुद लगायतका विभिन्न योजना र त्यसमा लाग्ने रकमको सूची समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएको जानकारी दिनु भयो ।
सांसद यादवले प्रधानमन्त्री प्रचण्डलाई बुझाएको सुचिमा नारायणी रंगशालाको मर्मत सम्भार र स्तरोन्नत्ती, नारायणी अस्पतालको भवन निर्माण र स्तरोन्नत्ती,घडीअर्वा पोखरी पार्कको स्तरोन्नत्ती, ठाकुरराम बहुमुखी क्याम्पसको भवन मर्मत सम्भार र रंगरोगन तथा छात्रावास निर्माणका लागि आवश्यक बजेट नयाँ बजेटमा व्यवस्थापन गर्न माग गर्नु भएको छ ।
त्यसै गरी वीरगंज महानगरपालिका वडा नं. ३१ र ३२ मा निर्माण गर्न लागिएको पर्सा प्राणी उद्यान (चिडिया खाना)को निर्माणका लागि १० करोड रुपैयाँ र वीमनपा वडा नं. १५ मा डिपिआर बनिसकेको लक्ष्मणवा र्पाक निर्माणका लागि रु. ७ करोड पनि नयाँ बजेटमा व्यवस्थापन गर्न सांसद यादवले माग गर्नु भएको छ ।
उहाले बुझाएको सुचिमा निर्वाचन क्षेत्र १ मा पर्ने विभिन्न वडामा कालोपत्रे सडक निर्माण , विभिन्न चार वटा खोलामा पुल निर्माण, महानगरका विभिन्न १८ वटा वडामा खानेपानीका लागि डिप बोरिङ जडान, सिर्सिया नदी र भेडाहा खोलामा तटबन्ध निर्माणका लागि आवश्यक बजेट समावेश गर्न पनि माग गर्नु भएको जनाइएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले देशकै प्रमुख आर्थिक नागरी वीरगंज सहित त्यसक्षेत्रको विकास र समृद्धिका लागि आफनो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -