सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ बैशाख ।
सशस्त्र प्रहरी बल पर्साले रु. १५ लाख बराबरको भन्सार छलिका सामानहरु बरामद गरि भन्सार दाखिला गरेको छ ।
प्रस्ताबित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेन गेट वरपरको इलाकाबाट रु. १५ लाख बराबरको भन्सार छलिका सामानहरु बरामद गरि भन्सार दाखिला गरेको हो ।
टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको कपडा, ईलेक्ट्रोनिक्स, कस्मेटिक, खाद्यन्न, जुत्ता, चप्पल, खेलौना, मोटर पार्टसहरु र एम्बिसन / कस्तुरी मदिरा लगायतका सामानहरु र उक्त सामानहरु ओसार पोसारमा प्रयोग गरिएको १ मो.सा. र १ स्कुटर समेत नियन्त्रणमा लिएको सप्र बल १३ नम्बर गण हेडक्वाटर पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको उक्त सामानहरुको रु. १५ लाख ३४ हजार ४ सय ६६ मुल्यांकन गरी आवश्यक कारबाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको जनाइएको छ ।
Facebook Comments Box