सहारा दैनिक

spot_img
Homeदेशमधेशसानालाई ऐन ठुलालाई चयनः अभियुक्त अन्सारीलाई मोबाइल फोन सेवा प्रदान

सानालाई ऐन ठुलालाई चयनः अभियुक्त अन्सारीलाई मोबाइल फोन सेवा प्रदान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ चैत्र ।
म्याद गुज्रेको केमिकल तथा औषधी प्रयोग गरेको आरोपमा पक्राउ परेका नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका प्रबन्ध निर्देशक सहनवाज अन्सारी र प्रयोगशाला प्रमुख डा. संजय साहलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
अस्पतालको प्रयोगशालामा म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि पक्राउ परेका प्रबन्ध निर्देशक अन्सारी र डा. साहलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले कालोबजारी कसुरमा मुद्दा दर्ता गरी मंगलबार जिल्ला अदालत पर्साबाट अनुसन्धानको लागि दुई दिनको म्याद लिएको थियो ।
म्यादको अन्तिम दिन बुधबार दुबै जनालाई प्रहरीले पुनः पर्सा जिल्ला अदालतमा पेश गरी दोस्रो पटक अदालतले थप ५ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक केशर कुमार न्यौपानेले जानकारी दिनु भयो ।
पक्राउ परेका दुबै जनाको स्वास्थ्यमा समस्या देखाएर पहुंचको बलमा पक्राउ परेकै दिनदेखि वीरगंज हेल्थकेयर हस्पिटलको सुविधासम्पन्न सैयामा राखिएको छ ।
सर्वसाधारण थुनुवालाई नपाउने सुविधा दिएर अस्पतालको आइसियु कक्षमा रहेका अभियुक्त अन्सारीलाई मोबाइल समेत राख्न अनुमती दिइएको पाइएको छ । प्रहरी नियन्त्रणमा थुनुवाको रुपमा रहेका अन्सारीले अस्पतालको सैयामा मोबाइल खेलाएर बस्दै आएको श्रोतले जनाएको छ ।
अन्सारीले मोबाइल सुविधा पाएको देखेर “सानालाई ऐन ठूलालाई चयन” भन्ने भनाइको चरितार्थ पर्सा प्रहरीले गरेको देखिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -