सहारा दैनिक

spot_img
Homeसमाचारहरवा चरवा अधिकार मंचद्वारा ३ पालिकामा ज्ञापनपत्र बुझाए

हरवा चरवा अधिकार मंचद्वारा ३ पालिकामा ज्ञापनपत्र बुझाए

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ चैत्र ।
हरवा चरवा अधिकार मंच पर्साले एकै दिन तीन पालिकामा विभिन्न माग राखी ज्ञापन पत्र बुझएको छ ।
मंचको जिल्ला समितिको निर्णय बमोजिम बुधवार पर्सा जिल्लाका पर्सागढि नगरपालिका , बहुदरमाइ नगरपालिका र पकहामैनपुर गाउपालिकामा ज्ञापनपत्र बुझएको हो ।
मंचका पर्सागढि नगरपालिकामा कमिटी अध्यक्ष जादोलाल रामको नेतृत्वमा गएको टोलिले पालिकाका मेयर गोकर्ण पाठकलाई आगामी आ.ब –२०८१/२०८२ को नीति तथा कार्यक्रममा हरवा चरवाको अवस्थालाइ मध्य नजर गर्दै बजेट बिनियोजन गर्न ज्ञापनपत्र मार्फत दवाब दिएको मंचको जिल्ला सदस्य धनराज रामले बताए ।
त्यस्तै बहुदरमाइ नगरपालिकामा राजकुमार पासवानको नेतृत्वमा गएको टोलिले त्यस्तै माग राखी ज्ञापनपत्र बुझएको हो ।
त्यसै गरि मंचको पकहामैनपुर गाउपालिका अध्यक्ष सहदेव महराको नेतृत्वमा गएको टोलिले अगामी बजेटमा हरावा चरवाको माग सम्बोधन गर्न का लागि ज्ञापनपत्र बुझएको मंचको जिल्ला अध्यक्ष अमरदेव पासवानले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -