सहारा दैनिक

spot_img
Homeसमाचारवायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

काठमाडौँ, २८ चैत (रासस)
आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।
ॅएयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ । मङ्गलबार एक्यूआई दुई सय पुगेको थियो ।
मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ॅएयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ ।
वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि हृवात्तै बढेको बताउनुभयो । उहाँले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताउनुभयो ।
“दिनानुदिन प्रदूषण बढिरहेको छ । एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषण गर्नुपर्ने हुन्छ ।” उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -